0
प्रतिक्रिया
पाेखरा । नेपाली बजारमा आज आइतबार पनि सुन चाँदीको मूल्य बढेको छ । गत बिहीबार र शुक्रबार बढेको सुनको भाउ आज पनि बढेको हो ।
आज आइतबार छापावाल सुनको मूल्य तोलामा आठ सयले बढेर तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ९२ हजार पाँच सय र बिहीबार एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
महासंघको अनुसार आज असली चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी गत शुक्रबार प्रतितोला दुई हजार दुई सय दुई सय ८० र बिहीबार भने दुई हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
पोखरा बजारमा आज चाँदी प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.