0
प्रतिक्रिया
पाेखरा । भियतनाममा खराब मौसमका कारण पर्यटकले भरिएको डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
भियतनामको उत्तरमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा यो घटनापछि धेरै मानिसहरू अझै बेपत्ता रहेको रिपोर्टमा उलेल्ख छ ।
धेरैजसो यात्रु भियतनामको राजधानी हनोईबाट आएका थिए । दुर्घटनापछि ११ जनालाई पानीबाट जीवितै निकालिएको उद्धारकर्मीहरूले बताएका छन् ।
यद्यपि, उद्धारकर्मीहरूले भारी वर्षाका कारण बाँचेकाहरूको खोजी गर्न कठिन भइरहेको बताएका छन्।-एभरेष्ट न्यूज एजेन्सी
Copyright © 2024 | All rights reserved.