0
प्रतिक्रिया
पोखरा । पर्वतको मोदी गाउँपालिका वडा नं ३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ ।
छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा विक दम्पती परेका थिए ।
सोही घटनामा परेकी ३२ वर्षीया पवित्रा विक भाग्न सफल भएकी थिइन् । उनी सकुशल छन् ।
घटनापछि प्रहरी र स्थानीय खोजीमा जुटेका थिए । पहिरोले पुरिएको घर पन्छाएर दम्पतीको शव निकालिएको हो ।
शनिबार साँझदेखि कास्की, पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ ।
यस क्षेत्रका सेती, विजयपुर, मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जल सतह बढेको छ ।
कास्की र पर्वतका प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
Copyright © 2024 | All rights reserved.