0
प्रतिक्रिया
पोखरा । नव आदर्श सामुदायिक विकास समाजले पोखरा महानगरपालिका वडा नं १६ लामाचौरमा आयोजना गरेको तीज महोत्सवको व्यवस्थापनका २२ वटा उपसमिति गठन गरिएको छ ।
समाजका अध्यक्ष दिनेश भण्डारीका अनुसार २९औं तीज महोत्सव थप व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको हो । उपसमिति गठनसँगै तयारी तीव्र बनाइएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
अध्यक्ष भण्डारीका अनुसार अर्थ व्यवस्थापन उपसमितिमा कमलबहादुर थापा, समन्वय विशेषमा मिलन केसी, खेल मैदान विकासमा दिलबहादुर थापा, तीज महोत्सव संरक्षण कोषमा नवीन भण्डारी संयोजक छन्।
यस्तै, जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रविमान सिंह भण्डारी, शिक्षा तथा श्रष्ट्रा सम्मानमा थीरबहादुर थापा, स्वास्थ्य तथा आकस्मिक सेवामा खुशीमान गुरुङ, कार्यालय व्यवस्थापनमा राजुबहादुर भण्डारी, खेलकुद व्यवस्थापनमा शंकर केसी, मञ्च, प्याराफिट तथा स्टल व्यवस्थापनमा प्रेम गुरुङ, टिकट व्यवस्थापनमा अमिर गुरुङ, बजार व्यवस्थापनमा बलबहादुर श्रेष्ठ संयोजक छन् ।
यसैगरी युवा परिचालनमा कुशल राना, महिला समन्वयमा शारदा पौडेल, यातायात तथा पार्किङमा अमृत गुरूङ, सुरक्षा व्यवस्थापनमा हरिबहादुर वरूवाल, स्वागत सत्कारमा सञ्जयकुमार अधिकारी, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा दिलबहादुर थापा, सूचना तथा प्रचारप्रसारमा विष्णुप्रसाद गौतम, डिजिटल बोर्ड तथा व्यानरमा प्रकाश थापा, सरसफाईमा रामजी सिके र कौशल्या ज्ञान विज्ञान पुस्तकालय तथा अनुसन्धान केन्द्र व्यवस्थापनमा सुशील केसीलाई संयोजक तोकिएका छन् ।
आइतबार संचार तथा प्रचारप्रसार उपसमितिले तीज महोत्सव र तयारीबारे छलफल गरेको संयोजक गौतमले बताए । महोत्सवलाई भव्य र सभ्य बनाउन प्रचारप्रसारमा कुनै कमि नगर्ने र सबै सञ्चार माध्यमसँग समन्वय गरी अघि बढ्ने निर्णय गरेको संयोजक गौतमले जानकारी दिए ।
महोत्सवमा तीज गीतसहित खुला भलिबल प्रतियोगिता, अन्तर मावि छात्रा भलिबल प्रतियोगिता, विद्यालय नृत्य प्रतियोगिता, श्रष्टा सम्मान, औद्योगिक मेला तथा विभिन्न स्टल र राष्ट्रिय कलाकारद्वारा विविध सांस्कृतिक प्रस्तुतिलाई यस वर्ष पनि निरन्तरता दिइने समाजले जनाएको छ । महोत्सव नेपाली नारीको महान् पर्व तीजको अवसरमा भदौ ८ देखि १० गतेसम्म ३ दिन हुनेछ ।
Copyright © 2024 | All rights reserved.