0
प्रतिक्रिया
पोखरा । सौन्दर्य व्यवसायी संघ लमजुङको अध्यक्षमा ममता गुरुङ निर्वाचित भएकी छन् । संघको तेस्रो अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा तारा गुरुङ, सचिवमा प्रतिमा घिमिरे, सहसचिवमा रीता घले, कोषाध्यक्षमा सुमित्रा विक तामाङ, सहकोषाध्यक्षमा विष्णुमाया गुरुङ छन् ।
यसैगरी कार्यसमिति सदस्यमा सुप्रिया गुरुङ, मीनु गुरुङ, विविकला धिताल, मनिता गुरुङ, कल्पना गुरुङ, सोनी गैरे र कुशुम गुरुङ छन् ।
साथै विशु श्रेष्ठ संयोजकत्व, सुशिला श्रेष्ठ र तीर्थकुमारी घले श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको बताइन्छ ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले सौन्दर्य व्यवसायलाई व्यक्तिगत कौशल, सिप र व्यवस्थापन क्षमतासँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।
उपमेयर पद्यमा गुरुङले महिलालाई आर्थिकरुपमा सबल बनाउन सौन्दर्य व्यवसायले उल्लेखनीय भूमिका खेलेको बताइन्।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष विशु श्रेष्ठ र अध्यक्ष तीर्थ घले श्रेष्ठ, सञ्चारकर्मी मीना गुरुङलगायतले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.