0
प्रतिक्रिया
पोखरा । पोखरा, स्याङ्जा हुँदै पाल्पा, बुटवल र भैरहवा जोडिने सिद्धार्थ राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालन नहुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले साँझ ५ बजेपछि कुनै पनि सवारी साधन नचलाउन आग्रह गरेको हो ।
लामा दुरीका सवारीलाई दिउँसो ४ बजे र छोटा दुरीका सवारीलाई साँझ ५ बजेपछि स्याङ्जातर्फ प्रवेश गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले सूचनामा उल्लेख गरेका छन् ।
शनिबारदेखि अविरल वर्षा भएको र आइतबार राति पनि भारी वर्षा हुन सक्ने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको बताइएको छ ।
सवारी साधन सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था आए नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अपिल गरिएको छ । अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन पाउने प्रशासनले जनाएको छ ।
शनिबारदेखि शुरु भएको अविरल वर्षाका कारण पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पतीको ज्यान गएको छ ।
साथै पोखरा-२० पिपलडालीस्थित सूर्य बास्तोलाको घर पुरिएर बस्नै नमिल्ने भएको छ । यस्तै पोखरा-१३ मा काहुँखोलाले धार परिवर्तन गर्दा एक घरमा क्षति पुगेको छ ।
यस्तो छ सूचना
Copyright © 2024 | All rights reserved.