0
प्रतिक्रिया
पोखरा । नयाँ चौकीदार नियुक्तिको विषयले जिल्ला कारागार कास्कीमा तनाव भएको छ ।
कारागारमा रहेका तीनमध्ये ‘क’ ब्लकमा नयाँ चौकीदारमा अजय गुरुङ नियुक्त भएपछि असहमति जनाउँदै कैदीबन्दीले लफडा गरेपछि तनाव भएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले चौकीदारका लागि अजयसहित, प्रकाश गुरुङ र प्रशान्त थापा जनाको नाम सिफारिस गरेकामा कारागार विभागले गुरुङलाई नियुक्त गरेको थियो । कैदीबन्दीले पूरानै चौकीदार प्रविन गुरुङलाई नियुक्त गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
प्रत्येक वर्ष साउनमा चौकीदार नाइके नियुक्ति गर्ने गरिएको छ । चौकीदार नियुक्तिमा विभिन्न स्वार्थ जोडिएको कैदीबन्दीको आरोप छ ।
कैदीबन्दीले नाराबाजी गरेपछि कारागारमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । र स्थिति कन्ट्रोल बाहिर नरहेको बताए ।
कारागार प्रमुख राजेन्द्र शर्माले आन्तरिक चौकीदार नियुक्तिको विषयमा सामान्य विरोध भएको भन्दै स्थिति नियन्त्रणमा रहेको र छलफलबाट समाधानको प्रयास भइरहेको बताए ।
कारागारमा ब्लक ‘ए’ मा ४ सय ६६, ब्लक ‘बी’ मा ४ सय ८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी छन् ।
Copyright © 2024 | All rights reserved.