साउन ०६, २०८२, सोमबार

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै


Advertisement Image
clock icon 4 hours, 15 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठक बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो । बैठक मंलगबारसम्म चल्ने छ । 

बैठकले यसअघि सचिवालय र पोलिटब्युरो बैठकले अनुमोदन गरेको उपाध्यक्ष विष्णु पौडेलले प्रस्स्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको सङ्गठनात्मक प्रस्तावमाथि छलफल हुने र अनुमोदन गर्ने छ ।

एमालेले प्रस्तावित विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ भने पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने र केन्द्रीय कमिटी २५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।

Copyright © 2024 | All rights reserved.