साउन ०७, २०८२, मंगलबार

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो


Advertisement Image
clock icon 10 hours, 14 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान ढाकाको एक विद्यालयमा दुर्घटनाग्रस्त हुदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । 

बंगलादेशको मिडिया डेली स्टारका अनुसार विद्यालयमा कक्षा चलिरहेको बेला भएको एयर फोर्सको जेट दुर्घटनामा १९ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएका छन् ।

६० जना घाइतेहरूलाई बर्न इन्स्टिच्युटमा रिफर गरिएको छ । साथै, सामान्य घाइते भएका २५ जनाको उत्तरा मेडिकल कलेजमा उपचार भइरहेको डेली स्टारले उल्लेख गरेको छ ।

बंगलादेशी सेनाले दुर्घटनामा वायुसेनाको एफ-७ बिजीआई विमान दुर्घटना भएको जानकारी दिएको छ।

अहिले राहत र उद्धारको काम भइरहेको र राहत र उद्धार कार्यका लागि सीमा रक्षक बंगलादेशका दुई टोलीहरू खटाइएको बंगलादेशको सेनाले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.