0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न ज्येष्ठ नागरिक समूहलाई वाद्यवाधन सामग्री सहयोग गरेको छ ।
वडाध्यक्ष नरेन्द्र थापाले ज्येष्ठ नागरिकको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरालगायतका वाद्यवाधनको सामग्री हस्तान्तरण गरेका हुन् ।
घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरस्थित सिलिङ्गे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल ज्येष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा ज्येष्ठ नागरिक समूहका साथै देउराली मन्दिरको समूहलाई वाद्यवाधन सामग्री हस्तान्तरण गरिएको हो ।
वडासदस्य लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, सचिव लिलामणि भण्डारीसहितले वाद्यवाधनको सामग्री हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा वडाध्यक्ष थापाले ज्येष्ठ नागरिकको सिप, ज्ञान र विचारलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै ज्येष्ठ नागरिक स्वभावले नै धार्मिक हुने भएकाले भजनकीर्तनमा सहज हुने गरी सामग्री वितरण गरिएको बताए ।
उनले आफूहरु निर्वाचित भएर आएपछि ज्येष्ठ नागरिकको दिवा सेवा केन्द्रमा खाजा वितरण र विपन्न सुत्केरीलाई पोषण वितरणको पहिलो निर्णयमा हस्ताक्षर गरेको उल्लेख गरे ।
उनले सोही निर्णय अनुसार वार्षिक रुपमा वडाका चार स्थानका ज्येष्ठ नागरिक सेवा केन्द्रमा खाजा वतरण गर्दै आएको बताए ।
यसैबीच परियार समाज पोखरा २६ लाई लोकसंस्कृति जगर्नेाका लागि पनि वडाध्यक्ष थापाले पञ्चेबाजाको एक सेट हस्तान्तरण गरे ।
समाजका अनिल परियारसहितको टोलीलाई अध्यक्ष थापाले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
Copyright © 2024 | All rights reserved.