साउन ०९, २०८२, बिहीबार

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध


Advertisement Image
clock icon 19 hours, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । 

बागलुङ नगरपालिका वडा नं १० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार उक्त खण्डमा आज बिहानदेखि यातायात सञ्चालन ठप्प भएको छ । 

वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरे र करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको बताइन्छ । 

अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले जानकारी दिए । 
 

Copyright © 2024 | All rights reserved.