0
प्रतिक्रिया
रौतहट । रौतहटमा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जना किसानको ज्यान गएको छ ।
सिँचाइका लागि आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर दुई जना किसानको ज्यान गएको हो ।
रौतहटको माधवनारायण नगरपालिका ४ बिशुनपूर्ब मानपुरका ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका-२ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मुखियाको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख राजन कार्कीले बताए ।
त्यस्तै कटहरिया जमुनियाका देवानको धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर देवान गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.