साउन ११, २०८२, शनिबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यथोचित सञ्चालनका लागि होटल संघको ध्यानाकर्षण


Advertisement Image
clock icon 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । होटल संघ पोखरा नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यथोचित सञ्चालनका लागि प्रधानमन्त्री, अर्थमन्त्री र युएइका राजदूतको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न भारत भ्रमण अघि संघले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत् प्रधानमन्त्रीलाई भारतका विभिन्न शहरबाट पोखरासम्म उडान गर्न कुरा राख्न आग्रह गरेको हो ।

होटल संघ नेपालका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले अर्थमन्त्री पौडेलसँगको संवादको क्रममा पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री पौडेलले बताएको जानकारी दिए । 

युएईका राजदूत अब्दुल्ला सइद मुवारकसँग हाेटल संघकाे टाेली  ।

 

उनले चालु बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पुर्‍याउनसमेत आग्रह गरिएको जानकारी दिए ।

संघले काठमाडौंस्थित संयुक्त अरब इमिरेट्स् (युएई)का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट गरी पोखरा-दुबई सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

सो अवसरमा राजदूत अब्दुल्लाले पोखरा-दुबई उडानका लागि आफूले फ्लाई दुबईसँग कुरा राख्ने आश्वासन दिएको अध्यक्ष सुवेदीले बताए । 

अध्यक्ष सुवेदीले पोखराको पर्यटन प्रवर्द्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा समेत राजदूत सकारात्मक रहेको बताए । 

अर्थमन्त्री पौडेलले पोखरा-नयाँ पुल सुरुङ मार्ग शिलान्यास हुने क्रममा रहेको जानकारी गराएको अध्यक्ष सुवेदीले बताए । 
उक्त मार्गको डीपीआर तयार भइसकेको र चालु बजेटमा केही रकमसमेत छुट्टिएको बताइएको छ ।

भेटमा पोखरा-मुग्लिन सडक निर्माणलाई तीव्रता दिन र नारायणगढ-बुटवल सडक स्तरोन्नतिको काम चाँडो सक्न मन्त्री पौडेलसँग संघले आग्रह गरेको थियो ।

Copyright © 2024 | All rights reserved.