साउन ११, २०८२, शनिबार

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पोखराका दुई जना घाइते


Advertisement Image
clock icon 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । चितवनमा बोलेरो गाडीको ठक्करबाट गएराति मोटरसाइकल चालकको ज्यान गएको छ ।

चितवनको रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका वडा नं २ का ३५ वर्षीय मुकुन्द कँडेलको ज्यान गएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका कंडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार प्रदेश २-०२-००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरोले कँडेल सवार बाप्र०६-००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बोलेरोले रात्रि बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा बोलेरो चालक कास्की लेखनाथ नगरपालिका वडा नं २७ का ३० वर्षीय हुमेस लामगाले र सोही बोलेरो धनी कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ३ का ३४ वर्षीय ध्रुवराज पोखरेल सामान्य घाइते भएका छन् ।

चालकसहित बोलेरो र धनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बोलेरोले ठक्कर दिँला बसमा समेत सामान्य क्षति भएको छ भने यात्रु सुरक्षित छन् ।

Copyright © 2024 | All rights reserved.