साउन १६, २०८२, बिहीबार

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे विशेष भेला पाेखरामा


Advertisement Image
clock icon 4 days, 13 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकाे विशेष भेला पाेखरामा सम्पन्न भएको छ। भेलामा देशभरबाट एक सय भन्दा बढी कर्मचारी तथा अभिकर्ता सहभागी थिए ।

भेला उद्घाटन बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु मिश्र र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा मिश्रले न्यून आय भएका तथा बीमा पहुँच बाहिर रहेका वर्गलाई डिजिटल माध्यमबाट सेवा दिने प्रयास गरिएको भन्दै प्रशंसा गरे।

प्रमुख कार्यकारी अधिकृत भण्डारीले गार्डियन माइक्रो लाइफ नेपालकै पहिलो पूर्णतः पेपरलेस सेवा दिने जीवन बीमा कम्पनी भएको बताए ।

कार्यक्रमको सहजीकरण सहायक महाप्रबन्धक कैलाश देवकोटाले गरेका थिए भने कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे तथा विभागीय प्रमुख सुनिता कोइराला, दिलीप शर्मा, समीर खरेल र जीवन राईले विभिन्न विषयमा प्राविधिक तालिम प्रदान गरेका थिए।

‘बेस्ट एजेन्ट ट्रेनिङ सेसन ९.०’ शीर्षकको विशेष तालिम प्रशिक्षक अपूर्व नेपालले सञ्चालन गरेका थिए। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारी तथा अभिकर्तालाई सम्मानसमेत गरिएको थियो।

मार्केटिङ चिफ दिलीप शर्माका अनुसार, गार्डियन माइक्रो लाइफले स्थापना भएको छोटो अवधिमै आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा २६ शाखा तथा उपशाखाबाट ११ लाख ५० हजार बीमित ग्राहकलाई सेवा दिँदै ३० करोड ८३ लाख बराबरको पहिलो बीमा शुल्क संकलन गर्न सफल भएको छ।

‘जहाँ पनि, जहिले पनि बीमा सेवा’ भन्ने नाराका साथ अघि बढेकाे गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड नेपालकै पहिलो लघु जीवन बीमा कम्पनी हो ।

यस कम्पनीले ग्रामीण तथा दूरदराजका क्षेत्रमा डिजिटल प्रविधिको माध्यमबाट बीमा सेवा पुर्याउँदै आएको छ।

Copyright © 2024 | All rights reserved.