साउन १६, २०८२, बिहीबार

देशभर मनसुनी वायुको प्रभाव, कहाँ-कहाँ होला वर्षा ?


Advertisement Image
clock icon 2 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको छ ।

जसको प्रभावले हाल देशभर साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी र बागमती प्रदेशका पहाडी भूभाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभाग एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा आवश्यक सतर्कता अपनाउनु हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन आग्रह गरेको छ ।

Copyright © 2024 | All rights reserved.