साउन १५, २०८२, बुधबार

कांग्रेस नेता शंकर देवकोटालाई पत्नी शोक, कास्की कांग्रेसद्वारा दुःख व्यक्त


Advertisement Image
clock icon 23 hours, 57 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसका नेता शंकर देवकोटालाई पत्नी शोक परेको छ । देवकोटाकी श्रीमती मीना देवकोटाको ७८ बर्षका उमेरमा निधन भएको हो । मीना केही समयदेखि बिरामी थिइन् ।

पोखरा महानगरपालिका वडा नं ९ दरबारथोक, नयाँबजारमा बस्दै आएकी मीनाको उपचारको क्रममा आइतबार काठमाडौँमा निधन भएको बताइएको छ।

स्वर्गीय मीनाको सोमबार बिहान सेती नदीको तुलसीघाटमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ९ का सभापति शिवप्रसाद बास्तोलाले जानकारी दिए । स्व. मीनाका श्रीमान् शंकर र दुई छोरा छन् ।

लामो समयदेखि निरन्तर नेपाली कांग्रेसको संगठनमा क्रियाशील शंकर देवकोटा पोखरा बहुमुखी क्याम्पस संचालक समिति अध्यक्षसहित तत्कालीन अव्यवस्थित तथा सुकुम्बासी आयोगको जिम्मेवारीमा समेत रहेर काम गरेका थिए ।

यसैबीच नेपाली कांग्रेस कास्कीले नेता शंकर देवकोटाको परिवारमा परेको वज्रपातप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी सचिव भानु ढकालले शोक वक्तव्यमार्फत दुःख व्यक्त गर्दै सक्रिय व्यक्तित्व मीनाको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

सचिव ढकालले मीनाको आत्माको वैकुण्ठवासको कामना गर्दै परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै समवेदना व्यक्त गरेका छन् । 

Copyright © 2024 | All rights reserved.