साउन १६, २०८२, बिहीबार

मणिपालको ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ मा जोडियो मुक्तिनाथ बाहिनी


Advertisement Image
clock icon 1 day, 16 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा र सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ मा सम्झौता भएको छ ।

मणिपाल अस्पतालले हालै सार्वजनिक गरेको ‘व्यावसायिक प्रतिष्ठान तथा संघ-संस्था स्वास्थ्य परीक्षण योजना’ अन्तर्गत दुवै पक्षबीच सम्झौता भएको हो ।

सम्झौतासँगै मणिपालले सशस्त्र प्रहरी बलका अधिकारी तथा कर्मचारीलाई नियमित तथा विशेष स्वास्थ्य परीक्षण सेवा सुविधा दरमा सेवा उपलब्ध गराउनेछ ।

सम्झौता पत्रमा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल र सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयका तर्फबाट सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्यमा सजगता र संस्थागत सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ल्याइएको यस योजनामार्फत सुरक्षा निकायका सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालले प्रतिबद्धता जनाएको छ।

मणिपाल शिक्षण अस्पतालले हाल नागरिकका लागि विभिन्न निवारणमुखी स्वास्थ्य परीक्षण प्याकेजसमेत सञ्चालनमा ल्याएको छ ।

जनस्वास्थ्यप्रति उत्तरदायी भई अस्पतालले व्यवसायिक, सरकारी तथा गैरसरकारी क्षेत्रका लागि पनि यस्ता सहकार्य विस्तार गरिरहेको मणिपाल शिक्षण अस्पतालले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.