साउन १६, २०८२, बिहीबार

सराङकोट धाममा तीज मेला हुने


Advertisement Image
clock icon 19 hours, 5 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १८, सराङकोटधाममा तीज मेला हुने भएको छ । सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालय पोखरा-१८ को संरक्षणमा तीज मेला हुने भएको हो । मेलाको मिति, त्यहाँ हुने प्रतियोगिता एवं विभिन्न गतिविधि तय हुन बाँकी छ ।

समितिले सोमबार आयोजना गरेको भेलामा सराङकोट धार्मिक क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीले नारीको दुःखसुख आदानप्रदान गर्ने पर्वका रुपमा तीजलाई सम्झँदै तीजका नाममा हुने गरेका विकृतिको अन्त्य गर्नुपर्ने बताए ।

वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तीज मेलाले सराङकोट धाममा रौनकता थप्ने विश्वास लिँदै संस्कार, संस्कृति जर्गेना गर्ने दायित्व आम नागरिकको पनि भएको उल्लेख गरे ।

वडासदस्य कल्पना ढकाल क्षत्रीले तीजलाई झड्किलो नबनाउन सुझाव दिँदै हार्दिकतापूर्वक मनाउने पर्व नै सम्झनायोग्य हुने औँल्याइन् ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा-१८ का सभापति नारायण खड्का, नमूना जागृति आमा समूह अध्यक्ष कमला गोतामे, सराङकोट टप टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र चपाइ, गोठादी टोल विकासमा अध्यक्ष उदय थापा, सुन्दरपोखरी टोल विकासका अध्यक्ष रामजी विक, सीमताल आमा समूह सचिव सम्झना विकलगायतले बोलेका थिए ।

यसैबीच, सराङकोटधाममा साउनका प्रत्येक सोमबार शिव महिमा पूजा जारी छ । त्यस अवसरमा दिनभरजसो शिवपुजन, भजनकीर्तन, रुद्राभिषेक, साँझ महाआरती भइरहेको छ । 

साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमेकालिका, भैरव र चण्डी मन्दिरको दर्शन व्यवस्था छ भने अन्नपूर्ण केवलकारले महाआरतीमा सहभागी हुनेलाई २५० रुपैयाँमै आवतजावत व्यवस्था मिलाएको छ ।

Copyright © 2024 | All rights reserved.