साउन १८, २०८२, शनिबार

पोखराको भद्रकालीचोकमा आज तेस्रो गौंडाकोमुख क्वाँटी तथा गाईजात्रा उत्सव


Advertisement Image
clock icon 10 hours, 2 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ गौंडाकोमुख, भद्रकालीचोकमा तेस्रो गौंडाकोमुख क्वाँटी तथा गाईजात्रा उत्सव २०८२ हुने भएको छ । 

‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ श्री बालगोपाल भजन कीर्तन सेवा समितिले उत्सव आयोजना गरेको हो ।

आज (शनिबार) दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने उत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । 

उत्सवमा क्वाँटी र समयबजी प्रदर्शनी हुने बताइन्छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न विभिन्न व्यक्तित्वले सहयोग गरेका छन् ।

Copyright © 2024 | All rights reserved.