साउन १८, २०८२, शनिबार

आज गण्डकी र लुम्विनी प्रदेशमा भारी वर्षाको सम्भावना


Advertisement Image
clock icon 9 hours, 20 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ ।

त्यस्तै देशभर साधारणतया बदली रहेको र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानमा तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन आग्रह गरेको छ ।

Copyright © 2024 | All rights reserved.