भदौ ०४, २०८२, बुधबार

इन्द्रेणी एकीकृत विकास केन्द्रको ५६औँ साधारणसभा


Advertisement Image
clock icon 2 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा महानगरपालिका वडा नं १ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रको ५६औँ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाको केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुलीले उद्घाटन गरेका थिए । 

साधारणसभाले केन्द्रले गत आर्थिक वर्ष २०८१/२०८२ मा संचालन गरेको विभिन्न काम र गतिविधिको समीक्षा सँगै चालु आर्थिक वर्ष २०८२/२०८३ मा गर्न प्रस्ताव गरिएका कार्यक्रम र त्यसलाई संचालन गर्न आवश्यक बजेटसमेत पारित गरेको थियो । 

पारित कार्यक्रममा केन्द्रका सदस्यलाई आवासीय तालिम संचालन सगै रिफ्रेशमेन्टका लागि भ्रमण कार्यक्रम संचालन, वार्षिकोत्सवमा रक्तदान, शवयात्रा वहान संचालन गर्ने, इन्द्रेणी आवासीय किरियाकर्म भवनलाई थप व्यवस्थित गरी संचालन गर्ने र कोष खडा गर्ने, भाद्र ६ देखि १५ गतेसम्म हुने तेस्रो ऐतिहासिक टुंडिखेल तीज महोत्सव-२०८२ संचालन गर्ने छन्। 

यसैगरी कुनै एक सामुदायिक विद्यालय छनोट गरी विद्यार्थीलाई लक्षित गरी विद्यालय सपोर्ट कार्यक्रम संचालन गर्ने, इन्द्रेणी प्रतिभा पुरस्कारलाई निरन्तरता, इन्द्रेणी आवासीय क्रियाकर्म भवनको प्रवेशद्वारमा गेट निर्माण, इन्द्रेणी आवासीय माछापुच्छ्रे दृश्यावलोकन पार्कलाई आवश्यकता अनुसार व्यवस्थित गर्ने, केन्द्रको विधान अनुसार विशिष्ट सदस्य १० जनालाई, ३० जनालाई आजीवन सदस्यता र २० जनालाई साधारण सदस्यता प्रदान गर्नेलगायतका कार्यक्रम पनि पारित भएको छ ।

कार्यक्रममा पोखरा-१ स्थित सामुदायिक विद्यालयबाट २०८१ को एसईईमा उच्च अंक ल्याउने तीन र केन्द्रका सदस्यका छोरा छोरीमध्ये चार गरी सात जनालाई सम्मान गरिएको थियो । सम्मान गरिएका विद्यार्थीमा राष्ट्रिय माविका निश्चल देवकोटा, संस्कृतका सुनिल पौडेल र रत्नाका रोशनी गुरुङ छन् ।

उनीहरुलाई जनही तीन हजार नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो । यसैगरि केन्द्रका सदस्यका छोराछोरी अभिषेक सुवेदी, असिन गौतम, संगीता भट्टराई र शिवा गिरीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ को तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए । 

महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगितासमेत संचालन हुनेछन् । 

महोत्सवमा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडा, रेष्टुरेन्टलगायत विभिन्न स्टलसँगै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, वाल उद्यानसमेत रहने अधिकारी जानकारी दिए ।

संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निरज विक्रम राणाले स्वागत र सञ्चालन महासचिव वसन्त बास्तोलाले गरेका थिए ।

साधारणसभामा कोषाध्यक्ष वेदप्रसाद वस्तीले आर्थिक प्रतिवेदन र वार्षिक कार्यप्रगति प्रतिवेदन महासचिव बास्तोलाले प्रस्तुत गरेका थिए । 

Copyright © 2024 | All rights reserved.