भदौ ०४, २०८२, बुधबार

सयपत्री सहकारीको रक्तदानमा ८२ युनिट रगत संकलन


Advertisement Image
clock icon 2 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ११ रानीपौवास्थित सयपत्री बचत तथा सहकारी संस्थाले १६औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको १२औं खुला रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।

सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । 

कार्यक्रम उद्घाटन गर्दैै पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले सयपत्री सहकारीले सामाजिक कार्यमा देखाएको अग्रसरता सकारात्मक भएको भन्दै संस्थागत गतिशीलताको प्रशंसा गरे ।

उनले आगामी दिनमा पनि मानव सेवासँगै आर्थिक र स्थानीय क्षेत्रको विकास निर्माणमा ध्यान दिन आग्रह गरे । 

सामुदायिक सहकारी संस्थाका उपाध्यक्ष सन्तकुमार श्रेष्ठले सयपत्री सहकारीले स्थानीय स्तरमा उदाहरणीय भूमिका खेल्दै आएको बताए । 

सहकारीका अध्यक्ष टीकाबहादुर कार्कीले संस्थाको निरन्तर प्रगतिको लागि कारोबार गर्दा सयपत्रीलााई नै सम्झन आग्रह गरे ।

उनले सहकारीमा अनावश्यक आर्थिक भार पर्ने गतिविधि रोक लगाएको भन्दै लक्ष्य भेट्टाउने गरी कार्य गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका थिए । उनले भने, ‘व्यक्तिगत सम्बन्ध एकातिर भए पनि सहकारीको सम्बन्ध फरक हुन्छ, कुनै गलत नजरले नहेरौँ ।’

सहकारीका प्रबन्धक विकास सुवेदीले सहकारी सामाजिक उत्तरदायित्व, पारदर्शिता र सदस्यको सेवामा समर्पित रहिरहेको भन्दै सहकारीका सबै सूचक अत्यन्त राम्रो रहेको उनले बताए । 

कार्यक्रममा चापापानी सिद्धार्थ सहकारीका अध्यक्ष दीपक कार्की, काहुँकोट बहुप्रयोजन सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद बास्तोला, सल्लाहकारद्वय माधवप्रसाद बास्तोला र निर्मलप्रसाद कर्माचार्यलगायतले सहकारीलाई भविष्यमा अझ सबल, सक्षम र सामाजिक सेवामुखी बनाउन आग्रह गरेका थिए ।

अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव एवं कार्यक्रम संयोजक जनार्दन बास्तोलाले स्वागत र सचिव वसन्तराज कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.