भदौ ०४, २०८२, बुधबार

सुनको भाउ हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

आज मंगलबार छापावाला छापावाल सुन तोलाको एक हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । 

यसअघि गत बैशाख ९ गते सुन तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ सोमबार प्रतितोला एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज पोखरामा सुनको भाउ प्रतितोला एक लाख ९९ हजार रुपैयाँ कायम भएको नेपाली नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । 

यस्तै, आज असली चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि सोमबार चाँदी तोलाको दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

आज पोखरामा चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

Copyright © 2024 | All rights reserved.