भदौ ०४, २०८२, बुधबार

एगाद्वारा इन्डोनेसिया र भियतनाममा पोखराको प्रचारप्रसार


Advertisement Image
clock icon 1 week, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एसोसिएशन (एगा) पोखराले इन्डोनेसियाको बाली र भियतनामको हानोईमा पोखराको प्रचार गरेको छ ।

हरेक वर्ष स्वदेश एवं विदेशमा पोखराको प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको एगाले यस वर्ष इन्डोनेसिया र भियतनाममा पोखराको प्रचार गरिएको अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए ।

भ्रमणका क्रममा बालीबाट कला र संस्कृतिबारे धेरै जान्न र बुझ्न पाइएको भन्दै अध्यक्ष लम्सालले त्यहाँबाट हामी नेपालीले धेरै सिक्न सक्ने बताए ।

कला र संस्कृतिको संरक्षण गर्न सके त्यसबाट धेरै फाइदा लिन सकिने अनुभव भ्रमणबाट हासिल भएको उनको भनाइ छ ।

भ्रमण टोलीले हानोइको ग्रामीण क्षेत्रमा रहेको स्लिकका कपडा उद्योगको अवलोकन गरेको थियो ।

भ्रमण टोलीलाई इन्टरनेशनल ट्राभल्स व्यवस्थापनको सहजीकरण एगा पोखराका पूर्वअध्यक्ष विश्वराज पोखरेलले गरेका थिए ।

भ्रमणका क्रममा इन्डोनेसिया र भियतनामका पर्यटन व्यवसायी एवं सर्वसाधारणलाई पोखरासहित नेपाल भ्रमणका लागि आग्रह गरिएको पोखरेलले जानकारी दिए ।

भ्रमण टोलीमा अध्यक्ष लम्साल, पूर्वअध्यक्ष एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जिवी पोखरेल, निवर्तमान अध्यक्ष इन्द्रप्रसाद भण्डारी, पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ, विश्वराज पोखरेल, जीवनाथ गौतमसहित ३५ जना सहभागी थिए ।

Copyright © 2024 | All rights reserved.