असोज १८, २०८२, शनिबार

फेन्सी तथा रेडिमेड व्यवसायी संघको रक्तदानमा ६२ युनिट रगत संकलन


Advertisement Image
clock icon 1 month, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ । 

कार्यक्रम उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो साझा चाहना भएको बताए ।

रक्तदानका लागि व्यवसायी मात्र नभई, समाजका जागरूक नागरिकको भूमिका प्रशंसनीय छ हुने भन्दै उनले आफ्नो व्यस्त व्यवसायिक जीवनबाट समय निकालेर मानव सेवामा लाग्नु साँच्चै अनुकरणीय उदाहरण भएको स्पष्ट पारे ।

संस्थाका अध्यक्ष यादवप्रसाद पोखरेलले रक्तदान एक अमूल्य दान भएका भन्दै समाजमा रक्तदानको महत्वबारे जागरूकता फैलाउने मात्र होइन, आवश्यकताका बेला रगतको अभाव नहोस् भन्ने सुनिश्चित गर्नु भएको बताए । 

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एकनारायण पनेरु, संस्थापक अध्यक्ष कमलनाथ कुँवर, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्य, थोक व्यवसायी संघका अध्यक्ष उषा तिमिल्सिना, कार्यक्रम संयोजक नारायणी दवाडी, प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका महेन्द्र केसीलगायतले बोलेका थिए । 

संस्थाका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन द्वितीय उपाध्यक्ष नवराज त्रिपाठीले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.