भदौ ०४, २०८२, बुधबार

पोखरेली खेलाडी पौडेल टेनिस खेल्न मलेसिया जाने


Advertisement Image
clock icon 1 week, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । एटीएफ यु-१४ को ‘ए’ लेवल टेनिस प्रतियोगितामा सहभागी हुन पोखरेली खेलाडी आर्यशराज पौडेल मलेसिया जाने भएका छन् । 

नेपाल टेनिस संघको आग्रहमा एसियन टेनिस महासंघले उनलाई ‘वाइल्ड कार्ड’ मार्फत छानेको हो ।

१२ वर्षीय आर्यशले अबको ३ वर्षसम्म यो प्रतियोगिताको यु-१४ टुर्नामेण्ट खेल्न पाउने छन् ।

प्रतियोगितामा सहभागि खेलाडीले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अंक बटुल्नेछन् । पौडेललाई कास्की जिल्ला टेनिस संघले बिदाईसमेत गरेको छ । 

संघका अध्यक्ष राजकुमार गुरुङले पोखराकै माटोमा हुर्किएका खेलाडी आर्यशले टेनिस खेलमा ठूलो सम्भावना देखाइरहेका बताए ।

नेपाल शीर्ष वरियता खेलाडी प्रदीप खड्काले कार्यक्रम सञ्चालन गरेका थिए । 
 

Copyright © 2024 | All rights reserved.