0
प्रतिक्रिया
तनहुँ । तनहुँमा आज दिउँसो भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
प्लाई बोकेर डुम्रेबाट पोखरातर्फ आइरहेको युपी १९ टी २५०६ नम्बरको ट्रक तनहुँको व्यास नगरपालिका वडा नं १२ कमलबारीस्थत घुम्तीमा ट्रक दुर्घटनामा परेको छ ।
सोही ठाउँमा रोकिराखेको सिमेन्ट बोक्ने युपी ४२ बिटी ३९८१ नम्बरको ट्रकसँग ठोक्किएर प्लाई बोकेको ट्रक पल्टिएको हो ।
सोही ठाउँमा केही दिन अघि पल्टिएको भारतीय नम्बर प्लेटको ट्यांकर अझै उठाइएको छैन ।
Copyright © 2024 | All rights reserved.