असोज १८, २०८२, शनिबार

पञ्जीकरणसम्बन्धी कसूरमा फरार रहेकी स्याङ्जाकी खड्का पोखराबाट पक्राउ


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । स्याङ्जा प्रहरीले पञ्जीकरणसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीलाई पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नं ७ की ३४ वर्षीया लक्ष्मी खड्का छन् ।

खड्काविरुद्ध स्याङ्जा जिल्ला अदालतमा २०८० पुस १९ गते पञ्जीकरणसम्बन्धी कसूर मुद्दा दर्ता भएको थियो । त्यसै बेलादेखि फरार रहेकी खड्कालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले बिहीबार पोखराको चिप्लेढुंगाबाट पक्राउ गरेको हो ।

स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रशन्नराज चौधरीका अनुसार पोखरामा लुकिछिपी बसिरहेकोे अवस्थामा पक्राउ गरिएको हो ।

डीएसपी चौधरीका अनुसार खड्काले जन्मदर्तामा उमेर बढाउन मुख्य भूमिका खेलेकी थिइन् । 

पक्राउ परेकी खड्काविरुद्ध स्याङ्जा जिल्ला अदालतबाट दिन १० म्याद लिएर अनुसन्धान कार्य अघि बढाइएको डीएसपी चौधरीले जानकारी दिए ।

यता, अदालतबाट लागूऔषध मुद्दामा चार सय रुपैयाँ जरिवाना तोकिई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ७ का २५ वर्षीय सागर परियार छन् ।

पक्राउ परेका परियारलाई जरिवाना अशुलीका लागि अदालतमा उपस्थित गराइएको डीएसपी चौधरीले जानकारी दिए । 

Copyright © 2024 | All rights reserved.