भदौ ०४, २०८२, बुधबार

नेपालले आज साउदी अरेबियासँग खेल्दै


Advertisement Image
clock icon 1 week, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । एएफसी यू-२० महिला एसियन कप छनौटअन्तर्गत नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । यो खेल आज नेपाली समय अनुसार १:४५ बजेदेखि शुरु हुने छ । 

यस अघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै साउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५-० गोल अन्तरले पराजित भएको थियो । समूह ए को आजै भुटान र उत्तर कोरियाबीच खेल हुँदैछ । 

प्रतियोगिता भुटानमा अगस्ट १० सम्म हुने तालिका रहेको छ । नेपालले यो खेलपछि अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।

आठ समूहको शीर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समूहको दोस्रो स्थानमा रहेका शीर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुनेछन् ।

१२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियाली कप छनोटका लागि बिर्साना चौधरीको कप्तानीमा २३ सदस्यीय टिम भुटान पठाएको छ ।

नेपाली टिम:

गोलकिपर: लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।

डिफेन्डर: सरिता कुमारीनाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।

मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (सी) र सेनु परियार ।

फरवार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

Copyright © 2024 | All rights reserved.