0
प्रतिक्रिया
पोखरा । नेशनल प्याव्सन (एनप्याव्सन) कास्कीले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा बगर टुँडिखेलस्थित अञ्जुली आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ ।
नेशनल प्याव्सन कास्कीले संस्थामा आवद्ध विद्यालयवीच आयोजना गरेको एनप्याव्सन हाजिरीजावफ प्रतियोगितामा अञ्जुली प्रथम भएको हो ।
प्रतियोगितामा डायमण्ड मोडल स्कुल दोस्रो, रत्न ज्योति मावि तृतीय, कास्की मोडर्नाइज्ड एकेडेमी सान्त्वना, त्रिवेणी पब्लिक मावि पाँचौ र वीरेन्द्र मेमोरियल इङ्लिस बोर्डिङ स्कुल छैटौं भयो ।
विजय विद्यार्थीलाई नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष मनकाजी गुरुङले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ३६ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रम संयोजक पितृराज अधिकारीले जानकारी दिए । प्रतियोगिताको सहजकीरण रञ्जीत गुप्ता र डोलराज अर्यालले गरेका थिए ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै शिक्षा विकास निर्देशनालयका महानिर्देशक दामोदर सुवेदीले एनप्याव्सनले गरेको हरेक कार्यक्रम उत्कृष्ट रहेको बताए ।
शिक्षण सिकाईका अलाव एनप्याव्सन कास्कीले विभिन्न खालका अतिरिक्त कार्यक्रमको आयोजना गरी विद्यार्थीका अन्तरनिहीत प्रतिभा उजागर गर्ने काम गरेको उनको भनाइ थियो ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.