भदौ ०४, २०८२, बुधबार

भिरबाट लडेर विप्लवको मृत्यु


Advertisement Image
clock icon 1 week, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

बाजुरा । बाजुरामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा ओझाको भीरबाट लडेर मृत्यु भएको हो । 

बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा बिस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् । 

खोल्सामा अड्किएको र लगातार वर्षा भइरहेकाले शव झिक्न समस्या भएको छ । 

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिए पनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.