भदौ ०४, २०८२, बुधबार

बसको ठक्करबाट एकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध, हजारौँ यात्रु अलपत्र


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । सप्तरीमा शनिबार बिहानै बसको ठक्करबाट साइकलमा सवार एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं २ सीतापुरका ६८ वर्षीय बुदुर चौधरी छन् । 

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको नाप्र १-०१-००१ ख ४५६० नम्बरको बसले पूर्व-पश्चिम राजमार्गअन्तर्गत चाँदनीचोकमा चौधरी सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो । चौधरी आफ्नो धानखेततर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिएको छ । 

दुर्घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले बिहानैदेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

अवरोधका कारण सयौँ सवारीसाधन हजारौँ यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.