0
प्रतिक्रिया
पोखरा । पर्वतमा शनिबार दिउँसो पहिरोमा जीप पुरिएको छ । मोदी गाउँपालिका वडा नं ४ क्याङमा उक्त घटना भएको हो ।
पर्वतको लेस्पारबाट कुश्मातर्फ आउने क्रममा क्याङस्थित हिलो सडकमा जीप फसेको थियो ।
सो क्रममा माथिबाट आएको पहिरोले जीप पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामप्रसाद सापकोटाले जानकारी दिए । सो घटनामा कुनै मानवीय क्षति नभएको उनले बताए ।
जीप पहिरोबाट उद्धार भइसकेको उनले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.