0
प्रतिक्रिया
पोखरा । लायन्स क्लब अफ पोखरा भृकुटीले आयोजा गरेको रक्तदान कार्यक्रमम ५१ युनिट रगत संकलन भएको छ ।
क्लबले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नियमित रक्तदान कार्यक्रम गर्दै आएकामा यस पटक पनि रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक खीमा गुरुङले जानकारी दिइन् ।
कार्यक्रम उद्घाटन गर्दै लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका ब्लड डोनेशन कोआर्डिनेटर रजनी कोइरालाले रक्तदान कार्यक्रमले मानवताको सेवा र समाजप्रतिको दायित्वबोधको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताइन् ।
उनले भनिन्, ‘रक्तदान केवल एक मानवीय कर्म मात्र होइन, यो जीवन बचाउने परम पुण्य कार्य हो, हाम्रो एक थोपा रगतले कसैको जीवनमा नयाँ आशा जगाउन सक्छ ।’
लायन्स क्लबले निरन्तर सामाजिक सेवा, शिक्षा, स्वास्थ्य र आपतकालीन सहयोगका क्षेत्रमा जुन सराहनीय कार्य गर्दै आएको छ, यस रक्तदान कार्यक्रम पनि त्यसैको प्रमाण भएको उनले बताइन् ।
जोन २० का जोन चियर पर्सन लक्ष्मी पाण्डेले आजको रगत दान गर्नु भनेको आफ्नो समय, शक्ति र प्रेमलाई अरूको जीवनको खातिर अर्पण गर्नु भएको बताइन् ।
लायन्स क्लबले समाजमा मानव सेवा, स्वास्थ्य सचेतना र आपतकालीन सहयोगका क्षेत्रमा निरन्तर उदाहरणीय काम गर्दै आएको भन्दै उनले भनिन्, ‘रक्तदान गर्दा हामीले कसलाई मद्दत ग¥यौं भन्ने थाहा नहुन सक्छ, तर त्यो अज्ञात व्यक्तिले हाम्रो रगत पाएर नयाँ जीवन पाउँछ, यही नै सबैभन्दा ठूलो पुरस्कार हो ।’
क्लब अध्यक्ष सुशिला पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक खीमा गुरुङले स्वागत र सचिव एवं कार्यक्रम सहसंयोजक गोशरी गुरुङले सञ्चालन गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.