भदौ ०४, २०८२, बुधबार

महाशाखा प्रमुख र वडा सचिवहरूलाई मेयर आचार्यको निर्देशन - आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्नू


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा नगर प्रमुख धनराज आचार्यले महाशाखा प्रमुख र वडा सचिवहरूलाई आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न निर्देशन दिएका छन् ।

महानगरपालिका मातहतका कार्यलयको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउनका लागि स्रोत साधनको समूचित परिचालन गर्दै आफ्नो दक्षता समेत व्यवहारिक रूपमा प्रदर्शन गर्न निर्देशन दिए ।

महानरपालिका मातहतका कार्यालयहरूबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो र पारदर्शी बनाउँदै आफ्नो कार्य दक्षतालाई पनि सेवाको गुणस्तरमा प्रतिबिम्बित गर्न उनले निर्देशन दिए । 

कतिपय आलोचनाका बिचबाट पनि नागरिक (जन) सेवालाई चुस्त र गुनासो रहित बनाउनुको विकल्प नरहेको उनले बताए ।

 आफ्ना कार्यालयमार्फत सञ्चालित विकास आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्ने, गुणस्तर परीक्षण गर्ने, प्रशासनिक सेवालाई चुस्त बनाउने, गुनासो रहित पारदर्शी सेवामा जोड दिने, प्राप्त उपलब्धिको अभिलेखलाई व्यवस्थित गर्ने कार्यमा ध्यान दिन उनले निर्देशन दिए ।

Copyright © 2024 | All rights reserved.