0
प्रतिक्रिया
पाेखरा। एएफसी यू-२० महिला एसियन कप छनौटअन्तर्गत नेपाल उत्तर कोरियासँग पराजित भएको छ ।
आइतबार भुटानमा सम्पन्न खेलमा उत्तर कोरियाले नेपाललाई ११-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल गरेको थियो ।
खेलमा उत्तर कोरिया नेपालमाथि पूर्णरुपमा हावी भएको छ ।
उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० ले र भुटानलाई १०-० गोलले पराजित गरेको थियो ।
यो जितसँगै समुह ए मा तिनै खेल जितेर उत्तर कोरिया एएफसी यू-२० महिला एसियन कपमा छनौट भएको छ ।
त्यस्तै नेपाल समूह एमा ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ ।
नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १-० गोलले पराजित गरेको थियो ।
Copyright © 2024 | All rights reserved.