0
प्रतिक्रिया
पोखरा । लमजुङमा पहिरोमा पुरिएर जलविद्युत आयोजनाका एक कर्मचारीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बेँसीसहर नगरपालिका वडा नं ८ बस्ने ४४ वर्षीय लगनध्वज गुरुङ छन् ।
साथै घाइते हुुनेहरुमा दोर्दी गाउँपालिका वडा नं ५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका वडा नं ७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठानको झिम्रुक गाउँपालिका वडा नं ६ का २५ वर्षीय विकास विष्ट छन् ।
घाइतेको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरु मर्स्याङ्दी गाउँपालिका वडा नं ६ मा निर्माणाधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत थिए ।
शनिबार दिउँसो आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा अकस्मात पहिरो आएको र भाग्ने क्रममा उनीहरु पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश बोहोराले जानकारी दिए ।
त्यहाँ रहेका अन्य ३६ जना कर्मचारी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.