भदौ ०४, २०८२, बुधबार

नदीपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ स्थित नदीपुर तायमचा समितिले गाईजात्रा पर्वको अवसरमा पहिलो पटक तायमचा नाच प्रदर्शन गरेको छ । हालै मात्र गठन भएको समितिले यसै बर्षदेखि नाँच देखाउन शुरू गरेको हो । 

वडा कार्यलयबाट शुरू भएको नाँचले नदीपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भीसी मार्ग, भैरव मन्दिर, बाल मन्दिर, मीन मार्ट हुँदै पुनः वडा कार्यालयमै आएर समापन भएको समिति अध्यक्ष गौतम उदासले जानकारी दिए ।

तायमचा नाचमा नृत्य गर्नेमा सुकृति ताम्राकार, सुदिज्ञा ताम्राकार, सराहना ताम्राकार, ओसम द्वा, निया घर्ती, मिजास उदास थिए । यस्तै वाद्यवादनमा प्रशिद्ध उदास, सरोज जलारी, समिर उदास, सफल द्वा, शैलेस ताम्राकार, निर्जला ताम्राकार थिए ।

गौतम उदासको अध्यक्षतामा नदीपुर तायमचा समिति हालै स्थापना भएको हो । युवा पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउन स्थापित समितिको उपाध्यक्ष रवि उदास, सचिव सकेन्द्र ताम्राकार, कोषाध्यक्ष नारायण प्रसाद द्वा, सहसचिव शान्ती श्रेष्ठ उदास छन् ।

यस्तै कार्यसमिति सदस्यमा लक्ष्मी ताम्राकार, गोविन्द पराजुली, राजेन्द जलारी, प्रेम पुन, सुन्दर श्रेष्ठ, सुनिल थापा, राजु कायस्थ, विन्दु पाण्डे, पुष्प उदास, सुदर्शन न्हुच्छे प्रधान, जितेन्द्र ताम्राकार, शिबराम श्रेष्ठ छन् । 

समिति सल्लाहकारमा श्रीकृष्ण कतिला, प्रकाश घिमिरे, अनुप बराल, वसन्त उदास, गोविन्द ताम्राकार, आनन्दमान ताम्राकार, दिलिप गिरी, मुकुन्दराज राजभण्डारी, सनकमान सिके, शान्तीेदेबी पराजुली, सवि परियार, नविन आले छन् । 

समितिबाट साउन ३१ मा शिशुवामा हुने तायमचा नृत्य प्रतियोगितामा सहभागी हुने अध्यक्ष उदासले बताए । 

Copyright © 2024 | All rights reserved.