भदौ ०४, २०८२, बुधबार

रोधी क्लब घान्द्रुकको अध्यक्षमा लक्षिण गुरुङ निर्वाचित


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-र ११ घान्द्रुकस्थित रोधी क्लब घान्द्रुकको अध्यक्षमा लक्षिण गुरुङ चयन भएका छन् ।

क्लबको १७औं साधारणसभा तथा चौथो अधिवेशनले लक्षिण गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा अमृत गुरुङ लामा, उपाध्यक्षमा रुक्सा गुरुङ (मीना), सचिवमा अर्जुन क्षेत्री, सहसचिवमा गोकुल पौडेल र कोषाध्यक्षमा सन्तोष क्षेत्री चयन छन् ।

कार्यसमिति सदस्यमा कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, कृष्णा सुनार, मनबहादुर क्षेत्री छन् ।
 
नवनिर्वाचित अध्यक्ष लक्षिण गुरुङले घान्द्रुकको विकास, खेलकुद, शिक्षा, पर्यटनसँगै संस्कृति संरक्षणमा विशेष ध्यान दिने बताए ।

‘घान्द्रुकको विकासमा जनप्रतिनिधि र क्लबले सहकार्य गर्दै अघि बढ्ने छौं’, गुरुङले भने, ‘कल्चर र नेचरमा धनी घान्द्रुकको विकाससँगै खेलकुद, शिक्षा, पर्यटनसँगै संस्कृति संरक्षणमा विशेष ध्यान दिने गरी काम गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.