साउन २७, २०८२, सोमबार

श्रीकृष्णको जीवन र शिक्षाले हामीलाई सदैव सत्यको मार्गमा लैजान्छ : वडाध्यक्ष बराल


Advertisement Image
clock icon 4 hours, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा वचन कार्यक्रम २८औं दिनसम्म जारी छ । 

सोमबार २८औँ दिनको कार्यक्रममा सहभागी पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले धर्म, अध्यात्म र संस्कारको संरक्षण हाम्रो सबैको दायित्व भएको भन्दै यस किसिमका कार्यक्रमले समाजमा सत्य, अहिंसा र प्रेमको सन्देश फैलाउने दावी गरे ।

श्रीकृष्णको जीवन र शिक्षाले हामीलाई सदैव सत्यको मार्गमा चल्न, कर्ममार्गलाई अंगाल्न र सबै जीवप्रति समान दृष्टि राख्न प्रेरित गर्ने उनले बताए । 

यस प्रकारका धार्मिक तथा सांस्कृतिक कार्यक्रमले हाम्रो सामाजिक एकता र आध्यात्मिक चेतनालाई अझ मजबुत बनाउने वडाध्यक्ष बरालले दावी गरे । मन्दिर समितिबाट हुने हरेक कार्यक्रममा वडाले सघाउने उनको प्रतिवद्धता छ ।

श्रीकृष्ण प्रणामी मन्दिर सञ्चालन समिति अध्यक्ष मोहनप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मण बराल, पोखरा-७ का वडासदस्य अर्जुनबहादुर भुजेल र महिला क्लबकी अध्यक्ष मीना आचार्यले भगवान् श्रीकृष्णको बाल्यलीला, उपदेश र जीवनका मूल्यहरूले हामीलाई कर्तव्य पालन, धर्मप्रति निष्ठा र सबैमा प्रेमभाव राख्न सिकाउने दावी गरेका थिए ।

मन्दिरका संस्थापक पं कमल लामिछानेका अनुसार आगामी असोज महिनामा पहिलो १०८ तारतम सागर पाठ पारायण आयोजना हुनेछ । पाठ पारायणले पोखरामा धार्मिक पर्यटक भित्र्याउन सहयोग पुग्ने उनको विश्वास छ 

समितिका सचिव बरालका अनुसार श्रीमदवीतक चर्चामा भक्तजनको उपस्थितिकै कारण सफलतातर्फ अघि बढेको दावी गरे  ।

श्रीमदवीतकमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन भइरहेको छ भने संगीतमय कथा प्रवचनमा गायक तथा बाध्यवाधक सुनिल राइ र अनुपम भुजेलले साथ दिइरहेका छन् ।  

Copyright © 2024 | All rights reserved.