असोज १८, २०८२, शनिबार

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको हो भने असली चाँदीको भाउ २० रुपैयाँ बढेको हो ।

मूल्य घटेसँगै आज सुनको भाउ प्रतितोला एक लाख ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार आठ सय रुपैयाँ कायम थियो । 

आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९७ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । 

यस्तै आज चाँदीको मूल्य दुई हजार तीन सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि मंगलबार चाँदी प्रतितोला दुई हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

आज पोखरामा चाँदी प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

Copyright © 2024 | All rights reserved.