0
प्रतिक्रिया
पोखरा । म्याग्दीमा आज जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ रुन्मकी ४३ वर्षीया खनदेवी फगामी छन् ।
प्रहरीका अनुसार घाइते हुनेमा जीप चालक मालिका गाउँपालिका वडा नं ५ का ४० वर्षका चन्द्र पुन, १४ वर्षीया श्रीजना घर्ती र ७३ वर्षीय भविराज फगामी छन् ।
उनीहरुलाई उपचारका लागि दरवाङ आधारभूत अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए ।
प्रहरी निरीक्षक ढकालका अनुसार मालिका गाउँपालिका वडा नं ५ ठूलोढाटरमा दरवाङबाट रुन्मतर्फ जाँदै गरेको ग२च ४३९२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीप अनियन्त्रित भई सडकदेखि ४० मिटर तल खसेको बताइन्छ ।
Copyright © 2024 | All rights reserved.