0
प्रतिक्रिया
पोखरा । पोखरामा आज बिहान ८ः०० बजे पोखराका केही स्थानम हल्का वर्षा भइरहेको छ ।
बिहीबार बिहान ९ बजेदेखि पोखरामा वर्षा रोकिएकामा अहिले बिहान हल्का वर्षा भएको हो ।
पाेखरामा आज दिनभर बादल लाग्ने र मौसम त्यति सफा नहुने बताइन्छ ।
आज बिहान ८ः०० बजे पोखराको तापक्रम २४ डिग्री सेल्सियस रहेकामा बढेर अधिकतम् २८ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशका केही स्थानमा आज दिउँसो २, ३ र राति ११ बजे वर्षाको सम्भावना छ ।
अन्यत्रको अवस्था
आज शुक्रबार सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
गण्डकी, कोशी र बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । फलस्वरुप नेपालमा मनसुन केही कमजोर हुने देखिन्छ ।
Copyright © 2024 | All rights reserved.