भदौ ०३, २०८२, मंगलबार

छाङ्गेली नेवाः खल समाजको रक्तदानमा ६२ युनिट रगत संकलन


Advertisement Image
clock icon 2 days, 8 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । छाङ्गेली नेवाः खल समाजले पितृ उद्दार पर्व गाईजात्राको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ । 

तनहुँ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता सराङ्गकोट सहकारी तथा रेडियो सराङ्गकोटका अध्यक्ष कृष्ण थापा र सैनिक आवासीय महाविद्यालयका शिक्षिका भवानी जोशी कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । 

समाजका कार्यवाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा व्यवसायका लागि पोखरा बसाइसराई गरी आएकाहरुको साझा संस्था छाङ्गेली नेवा खलले विभिन्न साँस्कृतिक गतिविधिका साथ सामाजिक कार्य रक्तदान गरेकोमा खुसी प्रकट गरे । 

उनले संसारको जुनसुकै कुनामा पुगे पनि समाजको आवश्यकता रहने कुरामा जोड दिंदै समाज जहिले पनि मानव कल्याणका लागि समर्पित रहनुपर्ने बताए ।

रेडियो सराङ्गकोट तथा सराङ्गकोट सहकारीका अध्यक्ष नियमित रक्तदाता कृष्ण थापाले आफूले प्रत्येक तीन महिनामा रक्तदान गर्ने गरेको बताए । पितृ उद्दारका लागि भन्दै समाजले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गरे ।

प्रादेशिक रक्तसञ्चार केन्द्र पाेखराका प्रमुख अर्जुन ज्ञवालीले अस्पतालमा उपचारर्त रगतको आवश्यकता पर्ने मानिसलाई रगतको बदलामा रगतकै आवश्यक पर्ने भएकाले यसको महत्व अन्य दान भन्दा माथि रहेकाले रक्तदान जीवनदान भनिएको प्रष्ट्याए ।

पोखरा चेम्बर अफ कमर्शका उपाध्यक्ष श्याम मल्ल, महासचिव गोकर्ण अधिकारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष जसपाल पाख्रिन तामाङ, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्ल, समाचार प्रमुख आरजु विष्ट, समाजका सचिब जयराम कायस्थलगायतले बोलेका थिए ।

कार्यक्रम सम्पन्न गर्नका लागि समाजका सदस्य सञ्जय मल्लको संयोजकत्वमा विभिन्न उपसमिति बनाइएको थियो ।

Copyright © 2024 | All rights reserved.