भदौ ०४, २०८२, बुधबार

अस्तामको नौमती बाजापार्क र धिताल गाउँमा हाइकिङ


Advertisement Image
clock icon 1 day, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाइकर्स क्लब नेपालको ६१औँ हाईकिङ श्रृङ्खलामा कास्की जिल्लाको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवर्द्धन गरिएको छ ।

साउनको अन्तिम शनिबार हेमजाको सुइँखेतसम्म बसमा र त्यसपछि पैदल हेमजाकोट सामुदायिक होमस्टे हुँदै धिताल होमस्टेमा पुग्दा सञ्चालन विशाल पौडेलले स्वागत गरेका थिए ।

हाइकिङ समूह धितालबाट अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्का हुँदै मिलनचोकसम्म पैदल आई हाइकिङ समापन गरिएको थियो ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्तामस्थित नौमती बाजा समुद्री सतहबाट एक हजार पाँच सय ५० मिटरको उचाईको पोखरीडाँडामा निर्माण गरिएको नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएकोे छ ।
हरेक महिनाको अन्तिम शनिबार विगत ६ वर्षदेखि नियमित रुपमा हाईकिङ कार्यक्रम संचालन भइरहेको छ ।

कार्यक्रममा दिनप्रतिदिन सहभागिताको बढ्दो उपस्थितिले क्लबलाई हौसला मिलेको क्लब अध्यक्ष कृष्ण रानाभाटले बताए ।

पहिलो पटक सहभागी पत्रकार ओम हमालले हरेक महिना नयाँनयाँ गन्तव्यमा पैदलै हिड्दै, गाउँघर चाहर्दै गाउँको अर्ग्यानिक खानाको स्वाद लिन पाइने भएकोले यसको आकर्षण बढ्ने बताए । 

उनले यस्ता राम्रा कार्यक्रम गरी ग्रामीण पर्यटन प्रवर्द्धमा टेवा पु¥याउने संस्थालाई राज्यले सहयोग गर्नुपर्ने पनि बताए ।

पवित्र वचत तथा ऋण सहकारीका अध्यक्ष तथा समाजसेवी बुद्धिबहादुर रानाभाटले हाइकिङको सुरुवाती समयमा आफू पनि सहभागी हुने गरेको स्मरण गर्दै हाइकिङले हिड्ने बानीको विकास गर्ने बताए ।

कार्यक्रममा पोखरा ११ फूलवारीकी कक्षा ५ की विद्यार्थी १० वर्षीय सगुन बास्तोला, व्यवसायी, राजनीतिक व्यक्तित्व, विभिन्न पेशा व्यवसायमा आवद्ध सहभागी भएका थिए ।

Copyright © 2024 | All rights reserved.