0
प्रतिक्रिया
पाेखरा । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार दिउँसो पहिरोमा पुरिएर घाइते भएकामध्ये तीन जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ । उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
ज्समा भारतको गोपालगङ्गाका ५५ वर्षीय धरम कुसहवा, विहार शासारामका ५५ वर्षीय भैयाराम चौधरी र बाराको निजगड नगरपालिका वडा नं ७ का ४० वर्षीय कुमार थापामगर छन् ।
यसैगरी अन्य घाइते सर्लाहीको बागमती नगरपालिका वडा नं ५ का ३२ वर्षीय गणेशबहादुर मगर र रोल्पाको सुनछहारी गाउँपालिका वडा नं ३ का ३३ वर्षीय चुमान पुनको बेनी अस्पतालमा उपचार भइरहेको म्याग्दी प्रहरीले जनाएको छ ।
सोही घटनामा बागलुङको तमानखोला गाउँपालिका वडा नं १ का २२ वर्षीय सुजन बुढामगर र चितवनका अन्दाजी ४६ वर्षका लालबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको थियो ।
रघुगङ्गा गाउँपालिका वडा नं ४ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा काम गरिरहेको अवस्थामा एक्कासि भिरबाट पहिरो खस्दा सात जना मजदुर पुरिएका थिए ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको आयोजनाको सिभिल ठेकेदार भारतीय जयप्रकाश एसोसियट्सका मजदुरहरु पहिरोमा पुरिएका हुन् ।
Copyright © 2024 | All rights reserved.