असोज १८, २०८२, शनिबार

बन्दीपुर केबलकारको आइपीओ खुल्दै


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । तनहुँस्थित बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ आम सर्वसाधारणका लागि पनि खुला हुने भएको छ । यसअघि परियोजना प्रभावितका लागि आइपीओ खुला गरिएको थियो । यही भदौ ११ देखि आइपीयो सुचारु हुने कम्पनीले जनाएको छ । 

कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर आम सर्वसाधारणका लागि खुला गर्न लागिएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
केही शेयर आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई पनि छुट्याइएको उनले बताए ।

भदौ ११ देखि १५ गतेसम्म कम्पनीको शेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिने भएको छ ।

ब्याजसहित आयोजनाको कुल अनुमानित लागत तीन अर्ब ८५ करोड छ । गत चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा छ । त्यस्तै प्रतिशेयर आम्दानी २ रुपैयाँ ८४ पैसा ऋणात्मक छ भने सञ्चित नोक्सानी १० करोड ६ लाख रुपैयाँ छ ।

Copyright © 2024 | All rights reserved.