0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ न्यूरोडमा डायमण्ड व्यूटी शैलुन तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । राकेश पुरी र ममता कार्कीको करिब ८० लाख लगानी उक्त सेन्टर सञ्चालनमा आएको हो ।
सेन्टरमा अत्याधुनिक प्रविधिको प्रयोग र दक्ष व्यूटीसीयनद्वारा हाइड्रो फेसियल, फेसियल, केराटिन, वोटस, केमिकल हेयर स्ट्रेट, नेलजेल, हेयर कलर, स्कीन टेस्टर, मोल्स रिमुभरलगायतका सेवा प्राप्त गर्न सकिने संचालक कार्कीले बताइन् । तीजको अवसरमा हरेक सेवामा ५० प्रतिशतसम्म छुट दिइने उनले बताइन् ।
उक्त सेन्टर सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मान्यता प्राप्त सर्टिफिकेट पाइने व्युटिसियन तालिम प्रदान गरिरहेको छ । उक्त सेन्टरबाट हाल ६४ जनाले व्युटिसियन तालिम लिइरहेका छन् ।
गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ र संविधानसभा सदस्य शारदा पौडेलले संयुक्त रुपमा उक्त सेन्टरको शुभारम्भ गरे ।
कार्यक्रममा नेपाल व्यूटिसियन संघ गण्डकी प्रदेशकी अध्यक्ष सर्मिला रानाभाट, ट्रेड युनियन कंग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, महिला उपाध्यक्ष सरस्वती गिरी र महासचिव जगतमोहन गिरी, केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष पदमबहादुर गिरीलगायतले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.