भदौ ०६, २०८२, शुक्रबार

दुई दिनमै तोलामा २८ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 1 day, 19 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा सुनको भाउ दुई दिनमै तोलामा दुई हजार आठ सय रुपैयाँ घटेको छ । 

सोमबार प्रतितोला एक लाख ९६ हजार तीन सय रुपैयाँ रहेको छापावाला सुनको भाउ आज बुधबार एक लाख ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुनको भाउ सोमबारको तुलनामा मंगलबार तोलामा एक हजार दुई सय र आज मंगलबार दुई हजार आठ सय रुपैयाँ घटेको हो । सुनको भाउ सोमबारको तुलनामा मंगलबार एक हजार छ सय रुपैयाँले घटेको हो ।  

आज पोखरामा सुनको भाउ प्रतितोला एक लाख ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

यता, आज असली चाँदीको भाउ ह्वात्तै घटेको छ । मंगलबार प्रतितोला दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदीको आउ आज तोलामा ४५ रुपैयाँ घटेर दुई हजार दुई सय ५५ रुपैयाँ कायम भएको छ । पोखरा बजारमा आज चाँदी प्रतितोला दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2024 | All rights reserved.